बडादसैंको नवौं दिन आज महानवमी पर्व मनाइँदै
काठमाडौं– आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज बिहिबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ ।
आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती तथा देवी स्तोत्र पाठ गरिन्छ ।
पशुबलि नदिनेहरूले भने आज कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ ।
मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।
महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजा सहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ ।
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ । वर्षमा एक दिन मात्र खुल्ने भएकाले आज त्यहाँ दर्शनार्थी एवम् पूजा गर्ने भक्तजनको भीड लाग्छ ।
महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने गर्छन् ।
काठमाडौँ- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती...
करिब साढे दुइ दशक अगाडी अष्ट्रेलिया देखि नेपाल सम्मका बिबिध सामाजिक र...
काठमाडौं– आज असोज १७ गते बिहीवारदेखि यो वर्षको बडादशैँ पर्व प्रारम्भ भएको...
काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम संसदि सुनुवाई समितिले अनुमोदन...
काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्षको विजया दशमीको शुभसाइत नेपालको...
काठमाडौँ- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती...
करिब साढे दुइ दशक अगाडी अष्ट्रेलिया देखि नेपाल सम्मका बिबिध सामाजिक र...
काठमाडौं– आज असोज १७ गते बिहीवारदेखि यो वर्षको बडादशैँ पर्व प्रारम्भ भएको...
काठमाडौं– प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नाम संसदि सुनुवाई समितिले अनुमोदन...
सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर नेपाली गीत संगीतमा अनबरत लागि रहेकी...