सयुक्त बहुसांस्कृतिक बैशाखी मेला हुदै
दक्षिण एशियन मुलुकहरु, नेपाल, भारत, पाकिस्तान श्रीलंका तथा बंगलादेशमा त्यहाँको क्यालेन्डर अनुसार नया बर्ष अंग्रेजी महिना अप्रिलको मध्ये तिर पर्दछ | नया बर्ष सयुक्त रुप मा मनाउने उद्देश्यले अस्ट्रेलिया स्थित सिड्नीको दक्षिण पश्चिम स्थित क्याम्पबेलटाउन काउन्सिल अन्तरगत बसोबास गर्ने दक्षिण एशियन समुदायले एस पटक सयुक्त रुपमा “बहुसांस्कृतिक बैशाखी मेला” को आयोजना गरेको छ |
क्याम्पबेलटाउन काउन्सिल स्थित बहुसांस्कृतिक समाज (Multicultural Society of Campbeltown) को सहयोगमा आगामी अप्रिल १३ का दिन आयाजना गरिएको बहुसांस्कृतिक बैशाखी मेलामा नेपाली, भारतीय, बंगलादेशी ,पाकिस्तानी तथा श्रीलंकाली समुदायको भाषा, संस्कृति तथा पहिचान झल्किने खालका नाच गान र अन्य मनोरन्जनात्मक संस्कृतिक कार्यक्रमहरु प्रस्तूत गरिने गरिने जानकारी नपाली समाजका अगुवा टुंगानाथ खरेलले नेपाली टाइम्सलाइ दिए |
क्याम्पबेलटाउन नेपाली समाजका अध्यक्ष राज कुमार अधिकारीका अनुसार अप्रिलको मध्ये तिर अर्थात् बैसाख १ लाइ नया बर्ष मनाउने सबै समुदायलाइ नया बर्ष मनाउन, आपसमा सद्भाव, शुभकामना आदानप्रदान गर्न, साथीभाइ इष्टमित्र भेटघाट, तथा मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउनका लागि क्याम्पबेलटाउन काउन्सिल स्थित बहुसांस्कृतिक समाजले सबैलाइ अनुरोध गरेको छ ।
Campbelltown Stadium (Athletic Field), Leumeah मा दिउसो २ बजे देखि बेलुकी १० बजे सम्म हुने यस बहुसांस्कृतिक मेलामा करिब १५ देखि २० हजार मानिसहरु को सहभगिता रहने अनुमान गरिएको छ भने विभिन्न दलका राजनैतिक व्यक्तित्वहरु, काउन्सिल पदाधिकारीहरु तथा दक्षिण एशियाली मुलुकका उच्च आयुक्त तथा बाणिज्य दुतहरुको पनि उपस्थिति रहने बताइएको छ |
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २६ अक्टुवर २०२४...
काठमाडौं- आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले...
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई...
काठमाडौं- व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन...
काठमाडौं- संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमाप्लास्टिकजन्य बोटलसहितका पेय...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २६ अक्टुवर २०२४...
काठमाडौं- आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले...
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई...
काठमाडौं- व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन...
काठमाडौं- अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीयअभ्यास खेलमा नेपाल ४ विकेटले पराजितभएको छ । मंगलबार...