प्रधानमन्त्री ओलीले पाए विश्वासको मत

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत पाएका छन् । आइतवार संसदमा उपस्थित २६३ जना सांसदमध्ये प्रधानमन्त्री ओलीद्वारा राखिएको प्रस्तावको समर्थन १८८ जनाले मत दिएका थिए । त्यस्तै ७५ जनाले विश्वासको मतको विपक्षमा मत दिएका छन् । एक जना सांसद भने तठस्थ रहेका छन् ।

प्रधानमन्त्री ओलीले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १८८ मत र विपक्षमा ७४ मत खसेको हो । प्रतिनिधिसभामा २६३ जना उपस्थित थिए। एक जना सांसदले मत दिन्न भन्ने पक्षमा आफ्नो मत जाहेर गरे । प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत लिएका हुन् ।

एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिए भने माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायतले मत दिएनन् । ओली चौथो पटक प्रधानमन्त्री भएका हुन् ।