बागलुङमा जीप दुर्घटना, चारको निधन
गलकोट- बागलुङ जिल्लाको जैमिनी नगरपालिका–८, छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
ध१ज ७९१ नम्बरको जीप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो। जैमिनी नगरपालिका–८, छिस्तीस्थित जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंंदै गरेका विद्यार्थी तथा अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले बताए ।
जनकल्याण माध्यमिक विद्यालयका लेखापाल तुलसी पुन, सोही विद्यालयमा अध्ययनरत छात्रा एलिना पुन, प्रियंका पुन र ज्योति पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
घाइते ४ जनाकाे अवस्था गम्भीर रहेकाेले थप उपचारका लागि रातिनै पाेखरा पठाइएकाे तथा बाँकी ६ जनाकाे बागलुङस्थित धाैलागीरि अञ्चल अस्पतालमा उपचार भइरहेकाे रेग्मीले बताए। प्रहरी उपरिक्षक रेग्मीका अनुसार घाइते धना श्रीष, विष्ना श्रीष, सङ्गम श्रीष र सम्झना पुनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा तथा कृष्ण पुन, सविना थापा, नन्दकली श्रीष, निर्मला पुन र पूजा पुनको धवलागिरि अञ्चल अस्पतालमा उपचार भइहेको छ ।
सडकदेखि करीब ७ सय मिटर तल खसेको जीपमा यती नै मानवीय क्षति भएको एकिन गर्न नसकिएको अधिकारीको भनाइ छ ।
‘फराकिलाे भए पनि भिरालाे बाटाे भएका कारण चालकलाई केही समस्या पर्न गई दुर्घटना भएकाे प्रारम्भिक अनुमान छ, थप अनुसन्धान जारी छ’, प्रहरी उपरिक्षक रेग्मीले भने ।
उनका अनुसार दुर्घटनाकाे खबर पाउनासाथ बागलुङबाट गएकाे प्रहरी टाेली तथा स्थानीयकाे सहयाेगमा राति नै उद्दार कार्य गरिएकाे थियाे ।
काठमाडौँ- आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न हुदै छ...
हङकङ– हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेसमा नेपालले दोस्रो प्रभावकारी जीत निकालेको छ...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २६ अक्टुवर २०२४...
काठमाडौं- आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले...
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई...