परोपकारी उदेश्य सहित सिडनीमा एन्टाले होली मनायो 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
एशोसिएशन अफ नेपाल तराई इन अष्ट्रेलिया (एन्टा) ले  बिगतका बर्षहरु मा मनाउदै आइरहेको होली पर्वलाई यस बर्ष बिशेष कार्यक्रम सहित मनाएको छ । संस्था स्थापना भएको १० वर्ष पुगेको अवसरमा गत मार्च ९ मा  संस्थाले सिड्नीको इन्द्रेणी फंग्सन सेन्टरमा बिबिध कार्यक्रम सहित सम्पन्न होलि हंगामामा नेपालबाट आएका कलाकारहरु रमेश राज भट्टराई, डौली सरकार र सुनील पण्डितको विशेष प्रस्तुति रहेको थियो ।  यी कलाकारहरु लाई यहाँका स्थानिय प्रतिभाहरुले साथ दिएका थिए।
उपस्थित बीच होलि खेल्दै सुरु भएको उक्त कार्यक्रममा बाक्लो संख्यामा सिड्नी र वरपर रहनु भएका नेपाली दाजु भाई दिदि बहिनिहरु को उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि एनएसडब्लुका महाबाणिज्यदुत दिपक खड़काले नेपालको तराईबाट देश भरि अनि अब त संसार पुगेको होलि पर्बलाई यति धेरै नेपालीहरु बीच सिड्नीमा समेत मनाउन पाउँदा आफुलाई निकै खुशी लागेको बताउदै नेपाली कला संस्कृतिलाई अष्ट्रेलियाको बहुसंस्कृति सम्म जोड्न प्रयास गरेकोमा पनि एण्टा लाई धन्यवाद दिनुभयो।
 चार भाषा (नेपाली, मैथिली, भोजपुरी र अंग्रेज़ी ) मा संचालन गरिएको कार्यक्रममा कलाकारहरूले पनि मैथिली, भोजपुरी, र नेपाली भाषामा प्रस्तुति दिएका थिए । यसै गरि कार्यक्रमका बारेमा जानकारी गराउदै संस्थाका अध्यक्ष अरुण ठाकुरले कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने सबैलाई संस्थाको तर्फबाट ध्यान्याबाद दिदै संस्थाले गरको यो परोपकारी सहित आफ्ना चाड पर्बहरु लाई प्रबासमा समेत जिबन्त राख्ने गरेको प्रयास र यस कार्यक्रमबाट बचत भएको रकम संस्थाले प्रतिबद्दता गरे अनुसार खर्च गर्ने र भविष्यमा पनि परोपकारी कार्यलाई निरंतारता दिने बताउनु भयो।