राजनीतिक इतिहास रच्दै नेपाली युवा 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सात बर्षको उमेरमा बुवा-आमाको हात समातेर अष्ट्रेलिया आइपुगेका बालक १९ बर्ष पछाडी यहाँको राजनीतिमा अत्यन्त महत्वपूर्ण मानिने संघिय संसदमा उम्मेद्वारको रुपमा उभिएका छन् । अष्ट्रेलियाको सत्तारुढ पार्टी लिबरल पार्टीको तर्फबाट बार्टन क्षेत्रका उम्मेद्वार छानिएका छन् नेपाली समुदायमा परिचित २६ बर्षिय युवा प्रमेज (पेजे) श्रेष्ठ । नेपाली समुदायमा परिचत र नेपाल सम्म आफ्नो कृषि ब्यबसायलाई विस्तार गरेका मेघ राज श्रेष्ठ र प्रभा श्रेष्ठका छोरा प्रमेजको राजनीतिमा प्रवेश र संघीय निर्बाचनमा उम्मेद्वारी आफैमा नेपालीहरुका लागि गर्बको बिषय हो।
आगामी मे १८ मा हुदै गरेको संघीय निर्बाचनमा प्रमेजले चुनाब लड्ने क्षेत्रमा ठुलो संख्यामा नेपालीहरु बसोबास गर्दछन्। अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट अध्यान पुरा गरेका प्रमेज नेपाली समुदाय अझ युवा जमातमा निकै घुलमिल व्यक्ति हुन् । गत केहि बर्ष देखि लिबरल पार्टीको राजनीतिमा उनि सक्रिय थिए ।  गत महिना मात्र सम्पन्न एनएसडब्लुको राज्य सरकारको चुनाबमा समेत पार्टीको चुनाबी अभियानमा सक्रिय रहेका प्रमेजको राजनीतिक प्रवेश नेपाली समुदायको तर्फबाट पहिलो पटक र आफैमा नयाँ इतिहासको सुरुवात हो।
 
आफुलाई सधै नेपाली मूलको युवाको परिचयले परिचित गराउने रुचाउने प्रमेज निर्बाचनमा उभिदै गर्दा आफ्नो परिचयका साथ नेपाली सबैको परिचय जोडेका छन् । नेपाली समुदायको लागि आफुले गर्न सक्ने कुनै कुरा या एजेन्डा भए आफुले त्यसमा लबिंग गर्ने बताउने प्रमेज आफै अष्ट्रेलियाको ठुलो पार्टीको उम्मेद्वार हुदै गर्दा  नेपाली समुदायको साथ साहयोग र सदभाब सदैब रहने छ नै ।  रक्डेल, म्यारिकभिल, क्यनटाबरि र हर्ष्टभिल जस्ता नेपालीहरु को समेत बाक्लो बस्ति भएका  बार्टन (Barton) क्षेत्रका मतदाताहरु लाई आफु संग फोन/फेसबुक लगाएतका मध्यमबाट सिधा सम्पर्क गरिदिन पनि प्रमेजले हालै आफ्नो  फेसबुक मार्फत अनुरोध गरेका छन्।
(photo: Pjay Facebook )