अटिजम बच्चाहरु लाई लक्षित बिशेष स्कुल निर्माणका लागि सिड्नीको च्यारेटी डिनर जुन १० मा 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
नेपालमा आटिजम प्रभावित बच्चाहरु का लागि बिशेष स्कुल संचालन गरिरहेकी सबिता उप्रेतीको र उनको यस संस्थाले निमार्णको लक्ष्य राखेको बिशेष स्कुलको भबन निर्माणका लागि एनआरएनए अष्ट्रेलियाले आयोजना गरिरहेको परोपकारी डिनरको अन्तिम कार्यक्रम स्वरुप जुन १० मा सिड्नीमा हुने कार्यक्रमको सम्पूर्ण तयारि पुरा भइसकेको छ । यस अगाडी डार्बिन र ब्रिसबेनमा परोपकारी डिनर सम्पन्न भइसको छ भने एडेलेडको लागि जुन ९ को मिति तोकिएको छ।
बिशेष स्कुल संचालन गरि रहेकी सबिता उप्रेतीले नेपालमा अटिजम भएका बच्चाहरु को स्थितिको बारेमा जनाकारी गराउने र आफुले यो कार्य गर्दै गर्दा भोगेका अनुभबहरु सबै संग साट्ने कार्यक्रम संयोजक सन्ध्या शाहले बताइन ।  शाहका अनुसार कार्यक्रममा समाजसेवीको छवि बनाइ सकेकी लोकप्रिय नायिका श्वेता खड्का र राजनीतिक विश्लेषक प्रखर बक्ता सुरेन्द्र केसी समेतको बिशेष उपस्थिति हुनेछ।
कार्यक्रम रक्डेल स्थिति इन्द्रेणी फंक्सन सेन्टरमा  जुन १० साँझ ५.३० बजे देखि सुरु हुदैछ ।  संकलित रकम यहाँको खर्च कटाएर सतप्रतिशत नै  बिशेष स्कुलको भबन निर्माण र एनआरएनए अष्ट्रेलियाको सामाजिक कल्याणकरी कोषमा जाने उक्त कार्यक्रमको टिकट डर बिधार्थीका लागि ३० डलर र अन्यको लागि ५० डलर तोकिएको छ ।  कार्यक्रममा नायिका श्वेता खड्काको प्रस्तुति र सुरेन्द्र के.सी. को मोटिभेसनल स्पिचको अलवा स्थानीय कलाकरहरु बाट पनि बिबिधि सांगेतिक एबं मनोरंजन्त्मक प्रस्तुति रहनेछन् । कार्यक्रममा सहभागी भइ दिनु हुन एनआरएनए अष्ट्रेलियाको तर्फबाट सन्ध्या शाहले सिड्नीबासी दाजुभाइ दिदि बैनीहरु लाई अनुरोध गरेकी छन्।