भागवत पुराण, व्रतवन्ध र गुन्यूचोलो कार्यक्रमको सम्पूर्ण तयारि पुरा

 जुलाई ८ र १४  सम्म उपस्थित हुन सबै भक्तजनलाई आग्रह 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बुधबार, असार १८, २०७६
पटक पटक जमिनमुनि ९ दिनसम्म बिना अक्सिजन भूसमाधि लिएर विश्वलाइ नै आश्चार्यचकित बनाएका नेपालका जगद्गुरु माहायोगी सिद्दबाबा कृष्णदासजीको बिशेष उपस्थितिमा नेप्लिज हिन्दु समाज अष्ट्रेलियाको आयोजना आज सम्म कै बिशेष बिबिध धार्मिक अनुष्ठानहरु मा गर्दैछ  ।
नेप्लिज हिन्दु समाजले अष्ट्रेलियाले गर्न लागेको पांच भिन्न धर्मिक अनुष्ठानहरु आगामी जुलाई ८ देखि जुलाई १४ सम्म हुदैछ जसमा सिद्दमहा योग ध्यान साधना, श्रीमदभागवत ज्ञानमहायज्ञ, पितृमोक्ष यज्ञ, बटकुहरू को सामुिहक बर्तबन्ध र कन्याहरू लाई सामुहिक गुन्यु चो ली प्रदान गर्ने कार्यक्रम रहेको नेप्लिज हिन्दु समाजले अष्ट्रेलियाको तर्फ बाट कोषाध्यक्ष पण्डित प्रकाश ढोंडारीले जनाएका छन्। ढोंडारीका अनुसार सिद्दमहायोग, ध्यान साधना जगद्गुरु स्वयम र वहाँसंग आउने सिद्दमहायोग आध्यात्मिक प्रतिष्ठानको समुहले संचालन गर्नेछ भने श्रीमदभागवत ज्ञानमहायज्ञ बाचन नेपालका चर्चित युवा वाचक पण्डित कुबेर सुबेदीको मुखारबिन्दु बाट हुदैछ। सुबेदीले यसभन्दा अगाडि पनि अष्ट्रेलियामा पुराण बचन गरिसक्नु भएको छ । यसै गरि जुलाई १३ मा कन्याहरूलाई सामुहिक गुन्युचोली प्रदान गरि ने कार्यक्रम राखिएको छ । सोही दिन पितृमोक्ष यज्ञको पनि आयोजना हुदैछ। उनका अनुसार कन्याहरूलाई सामुहिक गुन्युचोली प्रदान गरिने कार्यक्रम एबं पितृमोक्ष यज्ञ अष्ट्रेलियामै पहिलो पटक हुन लागेको हो । यसरी नै जुलाइ १४ मा श्रीमदभागवत ज्ञानमहायज्ञको साङ्गेता हुनुका साथै बटुकहरूको सामुहिक ब्रतबन्धको कार्यक्रम रहेको छ । कार्यक्रमको समापन जगद्गुरुबाट हुनेछ । आयोजकले अष्ट्रेलियाभर रहेका हिन्दु अनुयायीहरूलाई कार्यक्रममा उपस्थिति  हुन आग्रह गरेको छ । कन्याहरूलाई सामुिहक गुन्युचोली प्रदान र बटुकहरूको सामुहिक ब्रतबन्ध कार्यक्रममा सिट सिमित भएकोले अब केहि सिटमात्र बाँकि रहेको पनि संस्थाकी अध्यक्ष प्रञ्चना शर्माले जनाइन् । सम्पूर्ण कार्यक्रमहरुका तयरी तिब्र रुपमा भइ अब सम्पूर्ण तयारि पुरा भएको पनि संस्थाले जनाएको छ।
सम्पुर्ण धार्मिक कार्यक्रमको ॐकार टेलिभिजन नेपालले प्रत्यक्ष प्रसारण गर्ने जनाईएको छ ।  यसअघि नेपाल, भारत, थाइल्यान्ड, क्यानडा, बेलायत, अमेरिका, दुबइ, चीन आदि देशहरू मा सिद्दमाहायोग ध्यान साधना सम्पन्न भइसकेको र हाल ती देशहरू मा महायोग साधना केन्द्र समेत संचालनमा रहेको साथै यो वर्ष अष्ट्रलियामा महायोग साधना केन्द्र खोल्न लागेकोले सो केन्द्रको उद्घाटन समेत जगद्गुरु महायोगी सिद्दबाबा कृष्णदासजी महाराजबाट हुने जनाईएको छ । कार्यक्रम सम्बन्धि कुनै पनि जनाकारी या जिज्ञासाका लागि पण्डित प्रकाश ढोंडारीलाई 0411 838 449 मा सम्पर्क गर्न सकिनेछ।