गाईजात्रा तथा तीज महोत्सब २०१९ हुदै 

कार्यक्रमको सम्पूर्ण तयारी पुरा 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
गोरखा समाज अष्ट्रेलियाले आउदो अगष्ट १८ आईतबारको दिन सिड्नीको लिड्कम स्थित वोयाट पार्कमा गाईजात्रा तथा तीज महोत्सब २०१९ को आयोजना गरेको छ ।  प्रबासमा रहेर पनि नेपाली कला र सँस्कृतिको संरक्षण गर्ने र समुदायमा भइरहेका अन्य साँस्कृतिक साझा कार्यक्रम भन्दा नितान्त फरक हाँस्य र मनोरञ्जनलाई समेट्ने गरि  प्रस्तुत हुने नेपालको प्रचलित तथा मौलिक गाईजात्राको साथमा तीजका कार्यक्रम प्रस्तुत हुने आयोजक सँस्थाले जनाएको छ ।
नेपाल र नेपालीलाई बिश्वमा परिचित गराउने हाम्रा बिभिन्न भेषभुषा, बाजागाजा सहितको झाँकी र परेड सहित उक्त बिशेष कार्यक्रममा नेपालका चर्चित हाँस्य कलाकारद्वय राजा राजेन्द्र र चर्चित हाँस्य तथा लोक गायिका बबिता बाँनिया (जेरी) को बिशेष प्रस्तुति रहनेछ। अतिथि कलाकारहरु लाई यहाँका चर्चित स्थानिय कलाकारहरू ले पनि आफ्ना  बेजोड साँस्कृतिक प्रस्तुति रसाथ दिनेछन्।  यसै गरि चर्चित लोकगायिका जेरीसँग स्थानिय चर्चित लोकगायक सँगको लोकदोहोरी, लाखेनाच, टाकटुके जस्ता फरक प्रस्तुती रहने र यसका लागि सम्पूर्ण तयारी अब अन्तिम चरणमा पुगेको पनि आयोजक गोरखा समाजले बताएको छ । गोरखा समाज अष्ट्रेलियाको आयोजनामा गत बर्ष पनि अष्ट्रेलायामै पहिलो पटक ऐतिहासिक गाईजात्रा भब्यताको साथ सम्पन्न भएको थियो ।
मल्टि डाईनामिक रियल स्टेटको प्रमुख प्रायोजन रहेको यस कार्यक्रममा बिभिन्न स्वादका खानाका परिकारहरू सहितको फुड स्टलहरु तथा बिभिन्न ब्यबसायिक स्टलहरू रहनेछन त्यस्तै गरि बाल बच्चाहरूको मनोरञ्जनको लागि बाल खेल साधनहरु पनि रहनेछ् । प्रबेश निशुल्क: रहेको यस कार्यक्रमलाई सफल पार्न र कार्यक्रमको एक हिस्सा बन्न पनि आयोजक सँस्थाले अष्ट्रेलियाबासी जनसमुदायको गरिमामय उपस्थिति अनि सहयोगको लागि हार्दिक अनुरोध गरेको छ ।