ग्रान्भिलका नेपाली समुदायले दशैं तिहार मनाउदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सधैका बर्षहरुमा जस्तै यस पटक पनि नेपालीहरुको बाक्लो बस्ति रहेको ग्रान्भिल क्षेत्रका नेपालीहरु सामुहिक दशैं तिहार मनाउने तयारीमा रहेको ग्रान्भिल नेपालीज कम्यूनिटी क्लवका अध्यक्ष रमेश थापाले जनाएका छन् । सिड्नीको पश्चिम क्षेत्रमा रहेको ग्रान्भिल र यसको वरपर बिगत लामो समय देखि ठुलो संख्यामा नेपालीहरुको  बसोबास रहेको छ । सन् २००५ देखि ग्रान्भिलबासी नेपालीहरु एक आपसमा जमघट भई हरेक बर्ष महान पर्व दशैं तथा तिहारको उपलक्ष्यमा नाँच गान र साँस्कृतिक कार्यक्रमको आयोजना गरी शूभकामना साटासाट गर्ने निरन्तरता स्वरुप यस पटकको कार्यक्रम झन फरक र प्रभाबकारी तरिकाले गर्न लागिएको अध्यक्ष थापाले बताए ।
आउदो सेप्टेम्बर २७ शुक्रबारको साँझ ६ बजे बाट ब्लाउजा हल ग्रान्भिलमा ( 157 Blaxcell St. Granville )  हुन लागेको उक्त कार्यक्रममा नेपालका ख्याती प्राप्त हाँस्यकलाकार नारद खतिवडाको बिशेष प्रस्तुति रहनेछ भने उँहालाई सिड्नीका स्थानीय कलकार र भाइ-बैनीहरु ले साथ दिनेछन । बिल्कुलै परिबरिक बाताबरणमा हुने यस कार्यक्रमको प्रवेश शुल्क २५ डलर तोकिएको छ भने  ७ बर्ष सम्मका बाबु/नानीको प्रवेश निशुल्क रहेको छ ।  यस शुल्क भित्र मिठो परिकारका साथ भरपुर मनोरंजन पनि लिन सकिनेछ ।  कार्यक्रममा उपस्थिति भई हाम्रा चाड पर्ब रितिरिवाज दोश्रो पुस्ता सम्म पुराउनका लागि सहयोग गर्न पनि सम्पूर्ण दाजु-भाइ दिदि बैनीहरु लाई अध्यक्ष थापाले आमन्त्रण गरेका छन्।
कार्यक्रम सम्बन्धि कुनै पनि जनाकारीका लागि कल्बका पदाधिकारी वा  रमेश थापा- ‭0431 792 100,‬ भिम बस्नेत- 0431 189 702, सौगात भट्टराई- 0402 576 515 , राम रुवाली- ०४३२ ८२२ २३५  वा दिपक पाहारी 0423 856 375 मा सम्पर्क गर्न अनुरोध गरिएको छ।