तमु समाज सिड्नीमा नयाँ नेतृत्व 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
१९९६ मा गठन भइ यहाँका धेरै सामाजिक एबम परोपकारी कार्यमा सधै अग्र पंक्तिमा रहेर तमु भाषा रहन सहन कला र संस्कृतिलाई जगेर्ना गर्न लागि परिरहेको तमु समाज सिड्नीले आउने कार्यकालको लागि नयाँ नेतृत्व पाएको छ।
समाजको अध्यक्षमा दिनेश गुरुङ सर्बसम्मत चुनिनु भएको छ भने २५ सदस्यिय नयाँ कार्यसमितिका अन्य पदाधिकारीमा उपाध्यक्षद्दय  भोज गुरुङ र जीवन गुरुङ, महासचिबमा  अर्जुन गुरुङ, सचिबमा  हेउपति गुरुङ, कोषाध्यक्ष डा.समिता गुरुङ, सहकोषाध्यक्ष अमर गुरुङ, कल्चरल सेक्रेटरी भीमसेन गुरुङ, एसिस्टेन्ट कल्चरल सेक्रेटरी अन्जना गुरुङ,  खेल सेक्रेटरी लबिन गुरुङ, खेल एसिस्टेन्ट सेक्रेटरी बबिन गुरुङ, महिला संयोजक शिला गुरुङ, महिला सहसंयोजक सरास्वती गुरुङ र पुष्पा गुरुङ, आइटि सेक्रेटरी प्रतिभा गुरुङ, एसिस्टेन्ट आइटि सेक्रेटरी शक्ति गुरुङ, वेलफेयर संयोजक संगीता गुरुङ, पब्लिक अफिसर रोशन घले, मिडिया संयोजक पछि मनोनयन गरिने र सदस्यहरुमा शेर जंग गुरुङ, सुरज गुरुङ, टार्जन गुरुङ, कृष्ण गुरुङ, बुद्द गुरुङ र किरण गुरुङ चयन भएका छन् । नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष टंक गुरुङले खादा लगाएर स्वागत तथा शुभकामना व्यक्त गरेका थिए ।