अष्ट्रेलियन पुलिस संग फुटबल खेले नेपाली बिधार्थीले
एनएसडब्लु पुलिसको आयोजनामा बिभिन्न देशहरु बाट अष्ट्रेलिया आइ अध्यानरत बिधार्थीहरु बिच भएको एक दिने मैत्रीपूर्ण अन्तराष्ट्रिय बिधार्थी बिच सकर प्रतियोगितामा नेपाली बिधार्थीहरुले पनि उत्साह जनक सहभागिता जनाएका छन् । एनएसडब्लु पुलिसले अन्तराष्ट्रिय बिधार्थीहरु सँग एक किसिमको समुधर सम्बन्ध स्थापना गर्नका लागि बर्षेनी यस्तो कार्यक्रम गर्ने गर्दछ। एनएसडब्लु पुलिसका अनुसार यस पटकको खेलमा ६० भिन्न देशका बिधार्थीहरु र २७ टिमको सहभागिता थियो । जसमा नेपाली बिधार्थीहरु का दुइ टिमले सहभागिता जनाएको थिए भने एडीज किचेनले मिठो नेपाली खाना निशुल्क: उपलब्ध गराएकोमा सबैले प्रसंशा गरेका थिए ।
सामान्यतय सम्बन्धित देशको कनुसुलेट अफिस संगको सहकार्यमा यी प्रतियोगिता हुने गर्दछन, तर एनएसडब्लुको महावाणिज्यदूत दिपक खड्का यति बेला अष्ट्रेलिया बाहिर रहेका कारण उक्त जिम्मा नेपाली अन्तराष्ट्रिय बिधार्थीहरु को संस्था भिजन फर मोटिभेसन (भिएफएम) ले लिएको थियो। भिएफएमका संस्थापक महेश प्रसाईले दिएको जानकारी अनुसार एनएसडब्लु पुलिसले यस्ता प्रतियोगिताहरु बिगत २०१३ देखि संचालन गर्दै आएको र यो पटकको सातौ प्रतियोगिता भए पनि नेपाली बिधार्थीले छैठौ पटकबाट मात्र सहभागिता जनाउदै आएका छन् ।
नेपाली सकर टिमका क्याप्टेन भिएफएमका आयुश रिजालले यस पटकको खेल निक्कै उत्साहपूर्ण रहेको र नेपाली टिम क्वाटरफाइनलसम्म पुगेको बताए । अन्तराष्ट्रिय बिधार्थीहरु ले आफ्ना समस्या सहज तरिका ले पुलिस संग राख्न सकुन या उनि हरु लाई पुलिस सम्म पुग्न कुनै असहजता महसुस नहोस भनि संचालन हुने प्रतियोगिताको दिन बिधार्थीहरु लाई जीवन उपयोगी बिबिध जानकारी हरु जस्तो बिबिधि कानुनी एबम अध्यानका क्रम पर्ने सक्ने समस्या ट्राफिक, हाइवे एबं मरिन एरिया कमान्ड, माउन्टेड युनिट र रिक्रुटमेन्ट शाखाले बिबिध बिषय र नियमबारे जानकारी दिएको थियो । यस्ता बिबिध जानकारी मुलक कार्यक्रममा भिएफएमले सधै सक्रियताका साथ नेपाली बिधार्थीहरु लाई सहभागिता गराउदै आइरहेको छ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २६ अक्टुवर २०२४...
काठमाडौं- आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले...
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई...
काठमाडौं- व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन...
काठमाडौं- संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमाप्लास्टिकजन्य बोटलसहितका पेय...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २६ अक्टुवर २०२४...
काठमाडौं- आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले...
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई...
काठमाडौं- व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन...
काठमाडौं- अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीयअभ्यास खेलमा नेपाल ४ विकेटले पराजितभएको छ । मंगलबार...