साना बाबु-नानीको स्वरमा अष्ट्रेलियाबाट देउसी गीत सार्बजनिक
भिडियो सहित
अष्ट्रेलिया मै जन्मे हुर्केका अनि मिठो लबजमा नेपाली भाषा बोल्ने साना बाबु-नानीहरु को स्वरमा नयाँ देउसी भैलो गीत ‘मखमली फूल्यो’ को म्यूजिक भिडियो सहित हालै सार्वजनिक भएको छ। जिनियस म्युजिकको युटुब च्यानल अस्ट्रेलियाबाट सार्वजनिक गरिएको उक्त गीतमा दिप्सी भट्टको मिठो स्वर सुन्न पाइन्छ भने दिप्सीलाई अर्की गायिका प्रीन्स सिलवाल साथ दिएकि छन् । जीवन कार्कीको शब्द रचनाको उक्त गीतलाई रमेश पाठकले संगीत दिएका हुन् भने संगीत संयोजन नरेन्द्र बियोगीको रहेको छ । यसै गरि कोरसमा बिहानी बानियाँ र भरोसा बानियाँले साथ दिएका छन्। यस अगाडी दशैं गीतको सफलताबाट उत्साहित दिप्सी र प्रीन्सको यो अर्को कोशेली हो। विदेशमा बसेर पनि निरन्तर नेपाली संगीत र संस्कृतिमा योगदान दिने क्रममा दिप्सीको भने यो तेस्रो कोशेली हो । लोक, आधुनिक संगीतको फ्युजन तथा तिहारका रमाइला र मिठास शब्दमा बनेको यो गीत सबै उमेर समूहले रुचाउने गीतका निर्माता दिपेन्द्र भट्टले बताए । ‘मखमली फूल्यो’ बोलको यस गीतको म्युजिक भिडियो सिड्नीको एडमनसन् पार्क वरपर छायाँकन गरिएको हो।
करिव तीन र चार वर्षको उमेरदेखि नै संगीत क्षेत्रमा अत्यन्तै रुचि राख्दै आएकी दिप्सीली नेपाली गीत मात्रै नभएर अन्य भाषाका गीतहरु पनि गाउदै आएकी छिन्। मौका मिले हरेक किसिमको गीत गाउन सक्ने बताउने ९ वर्षीय दिप्सी भट्ट सिड्नीमा कक्षा छ मा अध्ययनरत छिन्। उनि गायनको साथ साथै नृत्यमा समेत पोख्त रहेकी छिन्।
दिप्सी भट्ट, आरोन गौतम लगायतको अभिनय, क्यनडिड फोटोग्राफीब्यबस्थापन रहेको उक्त म्युजिक भिडियो सिने क्रु एंड मिडियाको ब्यानरमा रेस्ट रियल स्टेट र डेस्टिनेसन फाउन्डेसन एजुकेसन र भिषा सर्भिसको सहयोगमा तयार पारिएको हो।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २६ अक्टुवर २०२४...
काठमाडौं- आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले...
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई...
काठमाडौं- व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन...
काठमाडौं- संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमाप्लास्टिकजन्य बोटलसहितका पेय...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २६ अक्टुवर २०२४...
काठमाडौं- आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले...
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई...
काठमाडौं- व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन...
काठमाडौं- अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीयअभ्यास खेलमा नेपाल ४ विकेटले पराजितभएको छ । मंगलबार...