अभिभाबकहरुको गोकुल फार्म धार्मिक यात्रा सम्पन्न 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नीको ग्रयानभिल वरपर रहनु भएका अभिभाबकहरु को एक दिने  गोकुल फार्म धार्मिक यात्रा  १६ नोभेम्बरका दिन सम्पन्न भएको छ । ग्रयानभिल नेपाली अभिभावक समितिको सक्रियतामा र ग्रयानभिल नेप्लिज कम्युनिटि क्लवको आयोजनामा सम्पन्न उक्त धार्मिक यात्रामा अभिभाबक सहित  ५६ जना (महिला ३०, पुरुष २६) को सहभागिता रहेको थियो । १४५ किमि दुरीमा रहेको उक्त राधाकृष्ण मन्दिर  गोकुलधाममा पुगी अभिभाबकहरु ले  भजन, कृतन, आरति,  प्रसाद ग्रहण,  गाइहरुको अवलोकन एवं मन्दिका  बारेमा जानकारी लगायतका धार्मिक कार्यक्रम सहित रमाइलो संग एक दिने यात्रा सम्पन्न गरेका थिए।  धार्मिक यात्रीहरुको तर्फबाट  गाइ पालनको सहयोगको लागि ३१२ अष्ट्रेलियन डलर सहयोग स्वरुप प्रदान गरिएको थियो । गोकुलधाम बाट फर्कने क्रममा बाटोमा पर्ने हन्टर भ्याली क्षेत्रका अङ्गुर फार्म र वाइन प्रोसेसिङ्ग एबम बजार क्षेत्रको पनि अभिभाबकहरु ले अबलोकन गरेका थिए।
  
भ्रमण ब्यबस्थापनका क्रममा यात्रामा ग्रयानभिल नेप्लिज कम्युनिटि क्लवको तर्फ बाट अध्यक्ष रमेश थापा, उपाध्यक्ष भिम बस्नेत र सौगात भट्टराई तथा अभिभावक कमिटीका तर्फबाट अध्यक्ष रामचन्द्र गौतम, संस्थापक अध्यक्ष दिनेशचन्द्र गुप्ता, भुपू अध्यक्ष रामप्रसाद अधिकारी, सल्लाहकार दधिराज घिमिरे र सदस्य तारादेवी जोशीको सहभागिता रहेको थियो । साँझ करिव ६ बजे ग्रयानभिल पार्कमा आई समापन उक्त यात्राको अन्त्यमा  ग्रयानभिल नेप्लिज कम्युनिटि क्लव र ग्रयानभिल नेपाली अभिभावक समितिका दुबै अध्यक्षहरुबाट धन्यबाद आदान प्रदान गरिएको थियो भने अभिभावक कमिटीको तर्फबाट अध्यक्ष रामचन्द्र गौतमले ग्रयानभिल नेप्लिज कम्युनिटि क्लवलाई यो अवसरको  बिशेष धन्यबाद प्रकट गर्न भएको थियो । साथै उक्त भ्रमण कार्यक्रमको लागि सम्पूर्ण रुपले संयोजन एवं सहयोगकर्ताको भूमिका निर्वाहा गरी कार्यक्रम सफल पर्ने सहयोग गर्ने संस्थापक अध्यक्ष दिनेश चन्द्र गुप्तालाई पनि सहभागी सबैले विशेष धन्यबाद व्यक्त गरेका थिए ।