नेप्लिज अष्ट्रेलियन वेल्फेयेर सोसाइटीको नयाँ कार्यसमिति : अध्यक्षमा चिरन तिवारी
बिगत करिब २० बर्ष देखि अष्ट्रेलियाको र बिशेष गरि सिड्नीस्थित नेपाली समुदायमा चिर-परिचित र बिबिध खेलकुद तथा अन्य सामुदायिक कार्यक्रम संचालन गर्दै आएको सकृय समुदायिक संस्था, नेप्लिज अस्ट्रेलियन वेल्फेयेर सोसाइटी (NAWAS) ले आगामी २ बर्षको लागि चिरन तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
सोसाइटीको गत फेब्रोवरी ९ आइतबारका दिन सम्पन्न साधारण सभाद्वारा निर्वाचित कार्य समितिका अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा टीएन अर्याल, खेलकुद संयोजकको जिम्मेवारी सहित अर्का उपाध्यक्ष बैकुण्ठ डंगोल र महासचिवमा मन्जित घिमिरे चयन भएका छन् ।
यसै गरि कार्यसमितिका अन्य पदाधिकारीहरूमा कोषाध्यक्षमा नवीन सिंह, सहसचिवमा सागर पंगेनी, खेलुकद सह–संयोजकमा सन्तोष कुमार शर्मा, आइटी संयोजकमा लक्ष्मण बेल्बासे, महिला संयोजकमा सुचित्रा आचार्य, सह–संयोजकमा ज्योत्सना डंगोल, सदस्यता संयोजकमा ललित तामाङ, मिडिया संयोजकमा कृष्ण तिवारी र कार्यक्रम संयोजकमा समीर आचार्य रहेका छन् ।कार्यसमितिका सदस्यहरूमा रितु अर्याल, पविता शर्मा, शर्मिला लुईंटेल, सुशन घिमिरे, राजु गिरी, विशाल पोखरेल, प्रदीप खनाल, प्रवीण शर्मा, अनिल तामाङ र प्रतीक कार्की रहेका छन् ।
साधारणसभाले संस्थामा लामो समयसम्म निरन्तर अभिभावकत्व प्रदान गर्नु हुने सन्जिव कुमार शर्मा, अरुण तामाङ र विनोद शर्मालाई संस्थाको संरक्षकमा मनोनित गरेको छ । यसै गरि संस्थाले उमेश पन्त, बद्री अर्याल, राजु मानन्धर, मनऋषि धिताल र हेमन्त काफ्लेलाई नवाजको सल्लाहकारमा मनोनित गरेको छ ।
संस्था स्थापना भएको २० वर्ष पुगेको उपलक्ष्यमा ब्यापक सहभागिता बीच “नवाज कप २०२०” फुटबल प्रतियोगिता आयोजना गरिने संस्थाका नवनिर्वाचित अध्यक्ष तिवारीले बताए । साधारणसभामा नवाजका संरक्षकहरू सन्जिव शर्मा, अरुण तामाङ र सल्लाहकार राजु मानन्धरले नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई एवम् शुभकामना ब्यक्त गरेका थिए भने संस्थाका महासचिव मन्जित घिमिरेले प्रवासमा बसेर परोपकारी कार्यमा हात बढाउँदै दुई दशकको यात्रा पार गर्नु भनेको चानचुने समय नभएको बताए । समाजमा एउटा गौरवमय इतिहास बोकेको संस्था “नवाज” आगामी दिनमा पनि समुदायका सबैसंग हातेमालो गर्दै बिबिध कार्यक्रमहरु ल्याउने जानकारी अध्यक्ष चिरन तिवारीले दिए । ‘नेपालीको लागि नेपाली भन्ने सोच र साथ नै हाम्रो सम्पत्ति हो’– उनले भने । ‘नवाज’को गर्विलो इतिहासलाई निरन्तर रूपमा अगाडि बढाउन आफूहरू सक्दो लागिपर्ने बताए ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २६ अक्टुवर २०२४...
काठमाडौं- आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले...
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई...
काठमाडौं- व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन...
काठमाडौं- संस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागले तारे होटलहरूमाप्लास्टिकजन्य बोटलसहितका पेय...
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २६ अक्टुवर २०२४...
काठमाडौं- आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले...
काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपीशर्मा ओलीलाई...
काठमाडौं- व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई दिएको जग्गाविरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन...
काठमाडौं- अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीयअभ्यास खेलमा नेपाल ४ विकेटले पराजितभएको छ । मंगलबार...