आइषाको मिठो गीत ‘गाडी गुड्छ नेपाली…….’

(भिडियो सहित )
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
हाउ-भाउ अनि लवाइ बिल्कुलै भिन्न छ, हातमा गितार समाएकी १५ बर्षिय आइषा डोटेलले नेपालीमा गित गाउलिन र ? भन्ने पूर्वअनुमानलाई फेल गर्दै आइषाका हातका औला गितारमा दौडिन्छन् र मुखबाट सुरिलो र अलिक फरक लाग्ने लवजमा गित गुञ्जिञ्छ।
” गाडी गुड्छ नेपाली
            उकाली र ओराली
                          घुम्दै फिर्दै जाँदै छौ
                                   पाखा पर्वत देउराली…….”
मिठा शब्दहरु संगै सानी नानीले कोरेका चित्रहरु म्युजिक भिडियोमा देखिन्छ ।  गीत अगाडी बढ्दै जादाँ थाहा हुन्छ यो त एउटा नेपाली बिद्यार्थीको कथा रहेछ जो उच्च शिक्षाका लागि जन्मभूमि अनि आफ्नाहरु छोडेर विदेश जादै छन् ।
यो त भयो हालै म्युजिक भिडियो सहित आएको बाल गित जस्तै लाग्ने मिठो गितको चर्चा ।  तर कुरा यति मै सकिदैन बरु कुरा अब सुरु हुन्छ । प्रवासमा हुर्केका दोश्रो पुस्ताका बाबु-नानीहरु बीच हाम्रो भाषा र संस्कृतिलाई कसरि जोगाउने भन्ने चिन्तित धेरै आमा-बाबु जस्तै आफ्नै बावुलाई समेत चकित पार्दै आइषा डोटेलको यो गित जव  युट्युब सुने तब आइषाका बाबु बिभुद डोटेल हर्षबिभोर भए। अष्ट्रेलियाको सिड्नीमा बस्ने आइषाकी आमा इन्डोनेसियन मुलकी हुन् भने बुबा चाँही नेपाली यसै पनि चलन चल्तीको भाषा देखि पहिलो भाषाको रुपमा घरमा अंग्रेजी भाषाको मात्रै प्रयोग हुन्थ्यो ।  तर आफ्नो बुबालाई सरप्राइज दिन उनले नेपालीमा गित गाइन त्यो पनि यति मिठो र संदेश मुलक।
यस गितका शब्द प्रगति देवकोटाका हुन् । अष्ट्रेलियामा बसोबास गर्ने प्रगति महाकाबी लक्ष्मी प्रसाद देवकोटाको नातिनी हुन् । अलिकति उत्साहा थपिदिने हो भने विदेशमा हुर्केका हाम्रा बाबु-नानिहरु ले नेपाली बोल्न मात्रै होइन मिठास सहित गाउन पनि सक्छन् भन्ने उदाहरण प्रगति देवकोटाका यी शब्दहरु ले दिएका छन् ।  प्रगति आफै म्युजिक भिडियोमा देखिएकी छन् भने संगित प्रशान्त देबकोटा सहित प्रगति र आइषाको हो यसै गरि यसको  एरेन्जर अनिष श्रेष्ठ हुन् र भिडियो दिपेश श्रेष्ठको हो।