रुपन्देही सामाजिक संजालको रक्तदान कार्यक्रम सम्पन्न 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले अष्ट्रेलियाको नेपाली समुदायमा गर्दै आइरहेका बिबिध सामाजिक एबं परोपकारी कार्यहरु को निरन्तरता स्वरुप गत २६ जुलाईका दिन अष्ट्रेलियन रेडक्रस ब्लड डोनर सेन्टरसँग को सहकार्यमा सिड्नी टाउनहलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  बिहान ठिक ९ बजेबाट सुरु भएको कार्यक्रम करिब १:३०बजे समापन भएको थियो । १४ जना रक्तदाताले रक्तदान गर्नु भएको सो कार्यक्रममा ११ जना Whole Blood र बाँकी ३ जनाले Plasma दान गरेका थिए ।
संस्थाको यस बार्षिक कार्यक्रममा इश्वर पोख्रेल, दिवाकर काफ्ले, अर्जुन गैरे, मुक्तिराम पोखरेल, रोशन कोइराला, लक्ष्मि न्यौपाने, रबि थापा, सरोज पान्डे, बिनोद मैनाली, पदम अधिकारी, सिमा थापा, कमल भन्डारी, प्रदीप खनाल, चुन्ना क्षेत्री लगायतले रक्तदान गर्नु भएको थियो। सो कार्यक्रम संस्थाका अध्यक्ष ईश्वर पोख्रेलकोको अध्यक्षता,संस्थाका महासचिव दिवाकर काफ्लेको संचालनमा सम्पन्न भएको थियो भने कार्यक्रम संयोजन मुक्तिराम पोख्रेलले गर्नु भएको थियो।साथै सो कार्यक्रमा यस संस्थाका संथापक अध्यक्ष राज खनालको साथै कार्यकारी पधादिकारी सदस्य तुल्सा पान्डे लगायतका पदाधिकारी सदस्यहरूको सक्रिय सहभागिता रहेको कार्यक्रम संयोजक मुक्तिराम पोखरेलले द नेपाली टाईम्स अष्ट्रेलियालाई जानकारी गराउनु भयो।