नेपाल र चीनबीच तीन सम्झौता

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

काठमाडौं- नेपाल र चीनबीच तीन सम्झौता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार मूख्य तिन बुँदामा सम्झौता भएको छ ।

काठमाडौंको याक एण्ड यती होटलमा उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा हस्ताक्षर भएको हो ।

पहिलो सम्झौता मनाङमा करिव ३५ करोड रुपैयाँ लागतमा चीनले अस्पताल बनाइदिने भएको छ ।

यस्तै चीनले आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने भएको छ ।

दुबै सम्झौतामा अर्थसचिव र चाइना डेभलपमेन्ट को–अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेका छन् ।

तेस्रो सम्झौता चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउने भएका छन् । यसमा शिक्षासचिवले हस्ताक्षर गरेका छन् ।