नर्थ-वेस्टमा तीज धमाका २०८१  हुदै 

बद्रि पगेनी र देबी घर्तिको बिशेष प्रस्तुति ......... सहभागिताका  लागि सबैमा अनुरोध 
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट) मा बसोबास गर्ने नेपालीहरु नेपाली चाडहरु र अन्य संस्कृतिक महत्वका पर्बहरु मनाउन बिगतमा जस्तै यो पटक पनि जुट्दै छन्। यस क्षेत्रमा बस्ने नेपालीहरुको संस्था नर्थवेस्ट नेप्ल्जिज कम्युनिटिले हिन्दु नारीहरु को चाड तीजमा सबै दिदि-बैनीहरु लाई माइतीको झल्को र नियास्रो मेटाउदै  तीज धमाका २०८१  कार्यक्रमको आयोजना गर्दैछ । पारिबारिक बाताबरणमा हुने र सपरिवार उक्त कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरु बद्रि पंगेनी र देबी घर्तिको धमकादार प्रस्तुति रहनेछ।
कार्यक्रम यहि अगस्त ३० शुक्रबारको साँझ ५ बजे देखि १० बजे सम्म  Harvey Lowe Pavilion Doran Drive castele Hill 2154 मा हुदैछ । लोकप्रिय कलाकारहरु को लोकप्रिय प्रस्तुत बाहेक हाम्रा बाबु-नानिहरु को बिबिध प्रस्तुतिहरु, चेलीहरु को एकल एबं सामुहिक नृत्यहरु ले  हामी सबैलाई पक्कै हाम्रो गाउँ घर र तिजको सम्झना गराउनेछ । खाना, बिबिध डोर प्राइजहरु र भरपुर मनोरन्जन सहितको यो कार्यक्रममा सहभागिताको लागि आयोजक परिवारले सबैमा अनुरोध गरेको छ । कार्यक्रममा सहभागिताको लागि प्रवेश शुल्क ४० डलर तोकिएको छ भने, अष्ट्रेलिया रहनु भएका अभिभाबकहरु र ५ साना बाबु नानिहरु का लागि २५ डलर रहेको छ।
कार्यक्रम सम्बन्धि जिज्ञासा, टिकट एबम सहभागिता लागएत कुनै पनि जानकारीका लागि बिजय रेग्मी- 0413 822 064 र राजेश अधिकारी-  0423339477 लाई सम्पर्क गर्न पनि आयोजक ले अनुरोध गरेको छ।