गोरखा समाजको दोश्रो साधारण सभा सम्पन्न 

त्रिलोचन पोखरेल अध्यक्षतामा नयाँ कार्यसमिति गठन 
-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
नेपालको गोरखा जिल्लाबाटअष्ट्रलिया आइ बिभिन्न पेशा, ब्यबसाय र अध्यानमा रहेका गोर्खालीहरू बिच आपसी सद्धभाब र भाईचारा अभिबृद्धि गर्ने उद्देश्यका साथ स्थापित गोरखा समाज अष्ट्रेलियाको दोस्रो साधरण सभा गत  ६ जनवरी २०१८ मा सिड्नीको एस्फिल्ड पार्कमा सम्पन्न भएको छ ।
संस्थाका नब निर्बाचित माहासचिब प्रकाश बस्ताकोटीले साधारण सभाको समाप्ति संगै  एक प्रेस बिज्ञप्ति जारि  गरि साधारण सभामा उपस्थित समुदयकाअग्रज तथा बौद्धिक व्यक्तित्वहरु, सञ्चारकर्मीहरु र नेपालबाट भ्रमणमा पाल्नुभएका अभिभाबकहरू सबैमा धन्यबाद व्यक्त गरेका छन् ।  बिज्ञप्तिका अनुसार साधारण सभाले आगामी कार्यकालका लागि पच्चिस सदस्सिय नयाँ कार्यकारी समितिको सर्बसम्मत चयन गरेको छ ।
नबनिर्बाचित संस्थाको अध्यक्षमा त्रिलोचन पोखरेल हुनुहुन्छ भने नयाँ कार्यसमितिको उपाध्यक्षमा आनन्द श्रेष्ठ, महासचिबमा प्रकाश बस्ताकोटी, सचिबमा शिब बन्जारा, कोषाध्यक्षमा ऋतु श्रेष्ठ र सह-कोषाध्यक्षमा राजु पोखरेललाई मनोनित गरिएको छ । यस्तै अन्य कार्यकारी सदस्यहरुमा सुरेन्द्र दुवाडी, ईश्वर दाहाल, संजित श्रेष्ठ, जय श्रेष्ठ, सजिता श्रेष्ठ, कृष्ण भट्टराई, दिजा श्रेष्ठ, संजय श्रेष्ठ, शर्मिला धिताल, दिनेश श्रेष्ठ, योगेन्द्र जोशी, दिपक देबकोटा, संजिप खत्रि, कृष्ण भट्ट र प्रज्वल श्रेष्ठ रहनु भएको छ । सँस्थालाई अष्ट्रेलियाको अन्य स्टेटहरूमा समेत बिस्तार गर्ने योजना अनुरूप अन्य स्टेटबाट पनि एक/एक संयोजक रहने र उक्त संयोजक मुख्य कार्यसमितिको उपाध्यक्ष रहने गरि बिधान पनि संशोधन गरिएको छ ।
साधारण सभामा कार्यक्रम संचालन गर्दै शिब बन्जाराले संस्थाको स्थापना कालदेखि आज सम्म समाजले गरेका उल्लेख्य सामाजिक गतिबिधीहरू को बारेमा प्रतिबेदन पेश गरेका थिए । सँस्थाका सचिब प्रकाश बस्ताकोटीले सँस्था पारदर्शितामा सदैब स्पष्ट रहेको बताउदै सँस्थाको आर्थिक प्रतिबेदन पेश गरेका थिए ।  कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा स्टेट को-अर्डिनेटर नन्द गुरूङ्गले नयाँ कार्यसमितिलाई शुभकामना ब्यक्त गर्दै संस्थाका कार्यहरु र सामजिक गतिबिधिको प्रसंसा गरेका थिए । यसै गरि कार्यक्रममा बिश्व बिज्ञान क्षेत्रकै चर्चित ब्यक्तित्व Cardiothoracic Specialist तथा Transplant Surgeon डा. कुमुद धितालको समेत उपस्थिति थियो । धितालले आगामी दिनहरूमा सँस्थाले अझै प्रभाबकारी र ठोस कार्ययोजनाहरू बनाएर अगडी बढ्नु पर्नेमा जोड दिदै नयाँ कार्यसमितिलाई शुभकामना दिए ।  यसै गरि अष्ट्रेलिया भ्रमणमा पाल्नु भएका अभिभाबकहरूको प्रतिनिधित्व गर्दै कृष्ण थापाले प्रबासमा पनि गोर्खाली सँस्थाहरु सकृय रहेर बिभिन्न सामाजिक कामहरू गरेकोमा गौरवान्वित भएको भन्दै शुभकामना ब्यक्त गरे ।
नयाँ कार्यसमितीको अध्यक्ष त्रिलोचन पोखररेलले आगामी दिनहरूमा सम्पूर्ण गोरखालीहरुलाई एकताबद्ध गरेर बिबिध रचनात्मक काम गर्दै सँस्थालाई नयाँ उचाईमा पुर्याउन आफुले सक्दो प्रयास गर्ने बताए । सँस्थाका निबर्तमान अध्यक्ष ध्रुब पोखरेलले आफ्नो दुई बर्षे कार्यकालमा सँस्थाले अत्यन्त्यै महत्वपूर्ण कार्य गरेको र पारर्दशिता नमुना प्रस्तुत गरेको बताँउदै नयाँ कार्यसमितीलाई सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै देखि  प्रत्यक्ष अप्रत्यक्ष सल्लाह, सुझाव र सद्भाब व्यक्त गर्ने सम्पूर्णमा हार्दिक आभार ब्यक्त सधै यसरि नै अमूल्य सहयोगको अपेक्षा राखेको बताए ।