भोटो जात्रा सम्पन्न

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>

ललितपुर–मच्छिन्द्रनाथको दुई महिना लामो रथजात्राको अन्तिम दिन आइतबार ललितपुरको जावलाखेलमा सार्वजनिक रूपमा भोटो देखाउदै भोटो जात्रा सम्प्न्न भएको छ ।

राष्ट्रप्रमुखले भोटो जात्रा हेर्ने परम्परा अनुसार राष्ट्रपति विद्यादेवी भण्डारी जावलाखेल मैदान पुगेकी थिइन्। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन पनि समारोहमा सहभागी थिए ।

मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन देखाउने प्रचलन छ। भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखेर बाजागाजासहित जावलाखेलबाट बुङ्‌मतीको मच्छिन्द्रबहालमा लगेर विराजमान गराइन्छ।