चाडपर्ब सम्झदै अमृत बरालले ल्याए “सम्झना गाउँघरको”

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नी, अष्ट्रेलिया। अष्ट्रेलिया कर्मथलो भए पनि आफ्नो संगीत साधनालाई निरन्तरता दिईरहेका गायक अमृत बरालले हाम्रा चाडपर्बहरु दशैं/तिहारको अबसरमा नयाँ गीत “सम्झना गाउँघरको ” दर्शक र श्रोता सामु ल्याएका छन् । गीतकार रमेश बि .जीका शब्दहरु लाई अमृत बरालले लय भरेका हुन् भने गीतलाई गायिका रञ्जीता विश्वकर्माले गायक अमृत बराललाई गायनमा साथ् दिएकि छन।
लोक लयलाई टपक्क टिपेर दर्शक र श्रोताको मन जित्न सिपालु बरालले यस गीतमा पनि दशैं/तिहार जस्ता चाडपर्बमा देश विदेशका नेपालीहरु को मनोभावनालाई छुन सफल देखिन्छन् । दीपक कार्की यूटुब च्यानलमा मार्फत बजारमा म्युजिक भिडियो सहित रिलिज भएको यस गीतको संगीत संयोजन महेशविक्रम पाण्डेले गरेका हुन्। अष्ट्रेलियाका केहि र नेपालका भिन्न ठाउँहरु लाई कैद गरि निर्माण गरिएको म्युजिक भिडियोमा चर्चित टिकटकर गुराँस ढकाल र मोडल देबेन्द्र बब्लुको शशक्त अभिनय रहेको छ भने यसको निर्देशन र कोरियोग्राफी मदन खड्काले गरेका छन् ।
लोकलयलाई अझ मिठास थपेर श्रोता सम्म पुग्न सिपालु अमृत बरालले यस अगाडी पनि धेरै सिर्जनाहरु ले दर्शक/श्रोताको मन जिती सकेका छन् । छोटो समयमा धेरै दर्शक र श्रोताले हेरेको रुचाएको र आफुलाई प्रतिक्रिया आइरहेको बताउदै बरालले आफुले यस गीतमा  निकै मेहनत गरेको र सोहि अनुसार सबैले मनपराउनेमा बिश्वस्त रहेको बताए।
म्युजिक भिडियोको लागि: