ईश्वर पोखरेलको ‘खोकी लाग्दा हर्रो’ बोलको गीत सार्वजनिक 

-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
सिड्नी, अष्ट्रेलिया ।  अष्ट्रेलियालाई कर्म थलो बनाएर गीत संगीत मा लागिरहेका गायक ईश्वर पोखरेल अबिरलले आफ्नो नयाँ गीत बजारमा ल्याएका छन्।  कवि तथा गीतकार शिव पलाँसको शब्द रहेको उक्त गीतको संगीत प्रमोद पन्तले गरेका हुन भने संगीत संयोजन योगेश काजी शाहले गरेका हुन् ।  गीतमा गायक ईश्वर पोखरेल अबिरल र गायिका समीक्षा अधिकारीको कर्ण प्रिय स्वर रहेको छ।
म्युजिक भिडियो सहित गयाक पोखरेलको युटुयुब च्यानल बाट सार्बजनिक भएको उक्त गीतको  म्यूजिक भिडियोमा प्रियंङका कार्की र गम्भिर विष्टको अभिनय रहेको छ भने यसको रेकर्डिङ र मिक्सिङ मनोज परियारले गरेको छन् । अमृता रिजाल निर्माता रहेको भिडियोको निर्देशन र कोरियोग्राफी पनि गम्भिर विष्टले नै गरेका हुन् । भिडियोको रंग संयोजन र सम्पादन प्रविन भट्टले गरेका हुन् ।
लोकप्रिय गायिका समीक्षा अधिकारी सहित आफुले यस गीतमा निक्कै मेहनत गरेको र समग्र गीत एवम म्युजिक भिडियो एकदमै राम्रो भनेको गायक ईश्वर पोखरेलले द नेपाली टाईम्स अष्ट्रेलिया संग बताउदै एक चोट गीत हेरेर सुनेर आफुलाई प्रतिकृया दिन पनि अनुरोध गरे।
म्युजिक भिडियोको लागि: