महाकविलाई सम्झिए सिड्नीका साहित्य प्रेमीहरुले
कविता एवं गजल वाचन हुदै पुस्तक विमोचन र देउसी भैलो पनि
-- नेपाली टाईम्स अष्ट्रेलिया ?>
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यू साउथ वेल्स अष्ट्रेलियाको आयोजनामा २६ अक्टुवर २०२४ शनिबार सिड्नी स्थित एनआरएनए अष्ट्रेलियाको सभा हलमा बिभिन्न कार्यक्रम सहित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औ जन्मजयन्ती मनाईएको छ। महाकवि देवकोटा सहित नेपालका अन्य श्रष्टाका तस्बिरमा माल्यार्पण गर्दै सुरु गरिएको सो कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। समाजका सल्लाहाकार राजु मानन्धरको स्वागत भाषणबाट शरु भएको कार्यक्रम महासचिव भावना पराजुलि वास्ताकोटी र जनसम्पर्क प्रमुख मुक्तिराम पोखरेलले २ चरणमा संचालन गरेका थिए।
कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटा लाई सम्झदै सिड्नीमा रहेका र नेपालबाट आउनु भएका साहित्य अनुरागी र श्रष्टाहरुले गीत, कविता एबम गजल बचन गर्नु भएको थियो । कार्यक्रममा उमेश उपाध्याय, मधु पुडासैनि, शिव बहादुर श्रेष्ठ, बालकृष्ण बश्याल, राम कोईराला, आशिष भेटवाल, राजु मानन्धर, जितेन्द्र मल्ल, ममता तिवारी, चतुर्भुज खरेल, भावना पराजुली वास्ताकोटी, मुक्तिराम पोखरेल, जेनिसा गौतम, नेत्रप्रसाद पौडेल, ममता तिवारी, सिमा रोशी, आशिष भेटुवाल, मानस बोहोरा, कृष्णप्रसाद भट्टराई, लगायतले प्रस्तुत गर्नु भएको आ-आफ्ना सुन्दर रचनाहरु लाई उपस्थिति सबैले सालिनताका साथ दिएका थिए। सोहि अबसरमा बाल साहित्यकार आयाम घिमिरे कविता तथा रेभा शाहले सरंगी बजाएर सबैको मन जितेका थिए।
कार्यक्रमको दोश्रो चरणमा साहित्यकार एबम लेखक शिववहादुर श्रेष्ठको नयाँ कृति “उपहार” आफ्नो अष्ट्रेलिया भ्रमणको बेला यहाँका साहित्य प्रेमीहरु माझ बिमोचन गर्नु भएको थियो। पुस्तक बिमोचन एबम लक्ष्मी जयन्ती कार्यक्रममा साहित्यकार लेखनाथ बास्तोला, नबिन खरेल, त्रिभुवन विश्व विद्यालयका पूर्व उपकुलपति शिब भुसाल, उमेश उपाध्याय र एनआरएनए अष्ट्रेलिया अध्यक्ष अनिल पोख्रेल / राष्ट्रिय महिला कोर्डिनेटर संगिता चापागाई, पण्डित नारायण शास्त्री अतिथिको रुपमा उपस्थिति हुनुहुन्थ्यो ।
यसै गरि कार्यक्रमको तेस्रो चरणमा रमाइलो देउसी भैलो खेली कार्यक्रम समापन गरिएको थियो। एनआरएनए अष्ट्रेलिया तथा फेन्का अष्ट्रेलिया संगको सहकार्यमा सम्पन्न सो कार्यक्रममा आरएफएमका प्रोपराइटर रन्जित शाहा र एसबिएस एकाउण्टिङ्गकी भावना श्रेष्ठले कार्यक्रम सफल पुऱ्याउन सहयोग पुऱ्याउनु भएको थियो।