म्याग्दीमा भिषण पहिरो

-- ?>

Myagdi

म्याग्दी-म्याग्दीको बेगखोला आएको बाढीले बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ ।

खहरे खोलामा आएको बाढीले बेनी–जोमसोम सडक खण्डको बेलीब्रज बगाउादा उक्त सडकखण्ड अवरुद्ध भएको हो ।

बेगखोला गाविस ६ मा पसेको बाढीले दर्जनभन्दा बढी घर बगाएको छ भने बाढीमा परेर पूर्णप्रसाद सिञ्जाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिङ गुरुङले जानकारी दिएका छन् ।

गए राती बाढी पसेपछि स्थानीयबासीले सुरक्षित स्थानमा गएर ज्यान जोगाएका छन् ।

बाढीले बस्तीलाई पूरै बगरमा परिणत गरेको छ ।

स्थानीयवासी र प्रहरीले जोखिममा परेका परिवार र सामान सुरक्षित स्थानमा राख्ने काम भइरहेको प्रहरीले जनाएको छ ।