सिमा हेरफेर नगरी विराटनगर र वीरगञ्ज भए महानगरपालिका

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– सरकारले विराटनगर र वीरगन्ज उपमहानगरपालिकालाई महानगर बनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले विराटनगर र वीरगञ्ज उपमहानगरलाई स्थानीय तह पुन: संरचना आयोगले कायम गरेको सीमामा कुनै फेरबदल नगरिकन दुई शहरलाई महानगर बनाउने निर्णय गरेको हो ।
यसअघि सरकारले जेठ ८ मा अन्य गाउँपालिका समेत गाभेर ती दुई उपमहानगरलाई महानगर बनाउने निर्णय गरेको थियो । त्यससँगै सरकारले ७४४ स्थानीय तहलाई ७६६ पुर्‍याउने निर्णय समेत गरेको थियो ।
तर, सर्वोच्च अदालतले स्थानीय तहको सीमा हेरफेर संख्या थपको विषय कानुन विपरीत रहेको भन्दै खारेज गरेको थियो । सरकारको यो निर्णयसँगै देशभर महानगरपालिकाको संख्या ६ पुगेको छ । काठमाडौं, ललितपुर, पोखरा र भरतपुर महानगर हुन् ।